पोल्यान्डमा डायनोसरका सयौं पद चिन्ह फेला — OSNepal

पोल्यान्डमा डायनोसरका सयौं पद चिन्ह फेला

LC (KTM) December 17, 2021 0

वार्सा, २ पुस- पोल्यान्डमा डायनोसरका सयौं पदचिन्ह फेला परेका छन् । पदचिन्ह फेला परेसँगै २० करोड वर्ष पुरानो रहस्यलाई थप उजागर गरेको छ ।

राजधानी वार्सादेखि १३० किलोमिटर दक्षिणको वोर्कोवाइसमा डायनोसरका पाइला र हड्डी फेला परेको पुरातत्वविद्हरुले जनाएका छन् । डायनोसर दौडिएको, पौडी खेलेको, बसेको र आराम गरेको पदचिन्ह फेला परेका हुन् ।

‘डायनोसरहरुले छोडेको पद चिन्हबाट हामीले उनीहरुको स्वभाव तथा बानी व्यहोराबारे थप जानाकारी पत्ता लगाउन सक्छौं,’ पुरातत्वविद् ग्रिजगोर्ज निजविद्ज्कीले भने ।मांसहारी डायनोसरको सबैभन्दा ठूलो पदचिन्ह ४० सेन्टिमिटरसम्म लामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर