स्कुटर चोरीमा संलग्न २२ वर्षीय गणेश पक्राउ — OSNepal

स्कुटर चोरीमा संलग्न २२ वर्षीय गणेश पक्राउ

LC (KTM) December 17, 2021 0

मोरङ, २ पुस-विराटनगर महानगरपालिका-१२ पटुवारी टोलमा पार्किङ गरी राखेको को.२९ प ६६०० नम्बरको स्कुटर चोरी गरेको अभियोगमा सोही महानगरपालिका-१२ बस्ने २२ वर्षीय गणेश कुमार रामलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्कुटर चोरी गरी लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्कुटर सहित उनलाई पक्राउ गरेको हो ।

उनी उपर मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर