खस–आर्यतर्फको सहमहामन्त्रीमा पनि देउवा समुहका राठोरले लिए अग्रता, १९९५ मत गनिसक्दा राठोरले पाए ११०३ मत — OSNepal

खस–आर्यतर्फको सहमहामन्त्रीमा पनि देउवा समुहका राठोरले लिए अग्रता, १९९५ मत गनिसक्दा राठोरले पाए ११०३ मत

LC (KTM) December 17, 2021 0

काठमाडौं २ पौष । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत भइरहेको खस–आर्यतर्फको सहमहामन्त्रीको मतगणनामा सभापति शेरबहादुर देउवा समुहका किशोरसिंह राठौरले अग्रता लिएका छन् ।

पार्टी कार्यालय सानेमा भइरहेको मतगणनामा राठोरले शेखर कोइराला समूहका देवराज चालिसेलाई २५४ पछि पार्दै अग्रता लिएका हुन् । अहिले सम्म १९९५ मत गनिसक्दा राठोरले ११०३ मत पाएका छन् भने चालिसेले ८४९ मत ल्याएका छन्।

थारू तर्फको सहमहामन्त्रीमा सभापति शेरबादुर देउवा समुहका उमाकान्त चौधरीले अग्रता लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर