नेपालमा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना पुष्टि हुँदा २७० जनाले जिते कोरोना — OSNepal

नेपालमा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना पुष्टि हुँदा २७० जनाले जिते कोरोना

LC (KTM) December 17, 2021 0

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार १६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

७ हजार ६९१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ६९ जना र १ हजार ३२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा देशभर २ सय ७० जना निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०८ हजार ३५३ पुगेको छ ।यसैगरी पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर