खादा मात्रै होईन छालामा लगाउदा पनि फाइदै फाईदा छ भातको माड ! — OSNepal

खादा मात्रै होईन छालामा लगाउदा पनि फाइदै फाईदा छ भातको माड !

LC (KTM) December 17, 2021 0

हिजोआज धेरैको भान्छामा भात कुकरमा पाक्छ । त्यसैले पछिल्लो पुस्ताका धेरैलाई भातको माडका बारेमा थाहा नै छैन । पहिलापहिला भातको माड निकालेर त्यसमा नुन तथा गुन्दु्रक र ध्यू हालेर तरकारीका रुपमा प्रयोग गर्ने चलन थियो ।

हामीले पकाउने भात आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ ।भातको माडले अनुहारमा लेपन लगाउदा अनुहार सफा र चम्किलो बनाउछ । भाइरल संक्रमणको बेला वान्ता आउने तथा शरिरमा डिहाइड्रेसन हुने गर्छ । बालबालिकामा लाग्ने पखला रोक्न भातको पानी निकै प्रभावकारी औषधी हो ।

भातको पानीमा हुने फाइबरले पेट दुख्ने र पाचनसँग सम्बन्धित अन्य समस्यालाई समाधान गरिदिन्छ । भातको पानीले कपालमा चमक ल्याउनुका साथै कपाल उम्रन सहयोग गर्छ । गर्मी मौसममा भातको पानीलाई शिरमा दल्दा टाउकोमा शितल अनुभूति हुन्छ र यसले कपाललाई पनि छिटो छिटो वृद्धि गराउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर