एक्कासी पेट दुखेपछि अस्पताल भर्ना भएका कैदीको उपचारकै क्रममा गयो ज्यान — OSNepal

एक्कासी पेट दुखेपछि अस्पताल भर्ना भएका कैदीको उपचारकै क्रममा गयो ज्यान

LC (KTM) December 17, 2021 0

सप्तरी, २ पुस-राजविराज कारागारका एक जना कैदीबन्दीको शुक्रवार मृत्यु भएको छ । पेट दु:खेपछि उपचारका लागि अस्पताल भर्ना गर्ने क्रममै ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको मृत्यु भएको हो ।कारागारका जेलर सुमन कोइरालाले बिहान ८ बजेतिर पेट दुख्यो भनेपछि उपचारको लागि खतिवडालाई निजी क्लिनिकमा लगेपछि उनी क्लिनिकमै बेहोस भएको उनलाई तत्कालै गजेन्द्रनारायण सिंह अस्पतालको इर्मेजेन्सी वार्डमा भर्ना गराईको बताए ।

उपचारकै क्रममा उनको बिहान सवा ११ बजे मृत्यु भएको हो। उनको हर्ट एट्याकबाट मृत्यु भएको अस्पतालले जनाएको छ। सुनसरीको दुहबी-४ का खतिवडा कागजात कीर्ते गरी ठगीसम्बन्धी मुद्दामा १७ साउन २०७५ देखि पुर्पक्षका लागि कारागारमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर