सेवाग्राहीसँग जम्मा तिन हजार घुस लिँदै गर्दा वडा सचिव पक्राउ — OSNepal

सेवाग्राहीसँग जम्मा तिन हजार घुस लिँदै गर्दा वडा सचिव पक्राउ

LC (KTM) December 17, 2021 0

रुपन्देही २ पौष । सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा वडा सचिव पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोम्मद सिद्दी रहेका छन् । निजलाई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार दिउँसो सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार घुस लिँदै गर्दा उनकै कार्यालयबाट पक्राउ गरेको हो ।

उनलाई अहिले आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर