नेताहरु लाई चोर भनेर चर्चामा आएका राप्रपा अध्यक्ष लिङ्देनले झापामा आएर फेरी नेताहरुलाई दिए गतिलो दनक — OSNepal

नेताहरु लाई चोर भनेर चर्चामा आएका राप्रपा अध्यक्ष लिङ्देनले झापामा आएर फेरी नेताहरुलाई दिए गतिलो दनक

LC (KTM) December 18, 2021 0

कांग्रेसको महाधिबेशनमा नेताहरुलाई घुमाउरो शैलीमा चोर भनेर एकाएक चर्चामा आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा आएर नेताहरुलाई फेरी घुमाएरै दनक दिएका छन् । उनले उखान टुक्कालाई जोड्दै नेताहरु चोर नै हुन् भन्ने सन्देश दिन खोजेका छन् । नेतालाई चोर भनेपछि बिभिन्न दलका नेताहरुले उनको आलोचना गरेका थिए ।

यसैको जवाफ फर्काएका छन् लिङ्देनले । उनले नेतालाई आफुले चोर नै हो नभने पनि चोरको खुट्टा काटभन्दा अन्य दलका नेताले खुट्टा तानेको प्रतिक्रिया दिए । उनले घुमाएर नेताहरुको प्रवृत्ति चोरकै जस्तो देखिएको बताएका छन्। कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा आफुले बोलेका कुरा नेताहरुले चरित्र सुधार्नुपर्ने अवस्था आएको कुरा रहेको दाबी गरे । तर अन्य नेता आफूमाथि खनिएको भन्दै उनले मैले बानी , ब्यवहार र प्रवृत्तिको कुरा गरेको थिएँ।

तर नेताले आफैंलाई भनिएको जस्तो चोरको खुट्टा काट भन्दा खुट्टा ताने।’गृह जिल्ला झापामा आज आयोजित कार्यक्रममा बोल्दै उनले राप्रपा अब सबैको आशाको केन्द्र रहेको जिकिर गरे । अरु दलबाट वाक्क भएका जनताका लागि राप्रपा अब बिश्वासको पार्टी बन्ने बताए । उनले जनता तथा कार्यकर्ताको विश्वासमा कुठाराघात हुन नदिने समेत प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर