संसदमा जारी अवरोध हटाउन प्रधानमन्त्रीले हामीहरूसँग छुट्टै वार्ता गर्नुपर्छ : सुवास नेम्वाङ — OSNepal

संसदमा जारी अवरोध हटाउन प्रधानमन्त्रीले हामीहरूसँग छुट्टै वार्ता गर्नुपर्छ : सुवास नेम्वाङ

LC (KTM) December 19, 2021 0

काठमाडौं ४ पौष । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदमा जारी अवरोध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दलसँग छुट्टै वार्ता गर्नुपर्ने बताएका छन् ।

गृहजिल्ला इलाम पुगेका नेता नेम्वाङले यस्तो टिप्पणी गरेका हुन् । ‘संसदको गतिरोध हटाउन चाहेको हो भने प्रधानमन्त्रीले हामीहरूसँग छुट्टै वार्ता गर्नुपर्‍यो नि, भोजमा बोलाएजसरी बोलाएर हामी किन सहभागी हुने?,’ उनले भने ।

आज आइतबार अपरान्ह्र चार बजे प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका छन् । यसमा एमालेले आफ्नो सहभागीता नहुने बताइसकेको छ ।

आफ्नो पार्टीले कारवाही गरेको सांसद हरुलाई कारवाही नगरेसम्म बैठकमा सहभागी नहुने भन्दै आएको एमालेले निरन्तर संसद बैठकमा नारावाजी गरी बैठक अवरुद्ध गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर