खुला महिला र मधेसी महिलातर्फको मतगणना गर्ने तयारी — OSNepal

खुला महिला र मधेसी महिलातर्फको मतगणना गर्ने तयारी

LC (KTM) December 19, 2021 0

काठमाडौं, ४ पुस – नेपाली कांग्रेसमा खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । मतगणना सकिएसँगै निर्वाचन समितिले सार्वजनिक गर्ने तयारी गरेको छ ।

अब खुला महिला र मधेसी महिला तर्फको मतगणना गर्ने तयारी भएको छ । निर्वाचन समितिले खुला केन्द्रीय सदस्यको मतगणना सार्वजनिक गरेसँगै खुला महिला र मधेसी महिला तर्फको गणना गर्न लागेको हो ।

महिला खुला केन्द्रीय सदस्यमा ९ जना चयन हुने छन् । त्यसका लागि ३० जना चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै मधेसी महिलामा चार जना चयन हुने छन् भने पाँच जनाको उम्मेदवारी परेको छ ।

खुला केन्द्रीय सदस्यमा देउवाको वर्चश्व, कोइराला पक्षका ९ जनाले जिते : नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ । ्

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् । शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए । शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर