मन्त्री कार्की कांग्रेस केन्द्रीय सदस्यमा पराजित — OSNepal

मन्त्री कार्की कांग्रेस केन्द्रीय सदस्यमा पराजित

LC (KTM) December 20, 2021 0

विराटनगर, ५ पुस -प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् ।संस्थापन इतर समुहबाट खुल्ला केन्द्रीय सदस्यमा उठेका कार्कीले १ हजार ६४४ मत ल्याएका थिए । ६४ मत कम आउँदा उनी पराजित बनेका हुन् ।

कांग्रेसको विधान अनुसार खुल्ला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने व्यवस्था रहेको छ । कार्की भने मतपरीणामले ३७ नम्बरमा परेका छन् ।

पराजित कार्की सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाका विश्वसा पात्र मानिन्छन । उनी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत थिए । पराजित भएपछि कार्कीले सामजिक संजाल फेसुबकमा लेखेका छन्, ‘म खुसी छु मत पटक पटक हारौं तर विचारमा सम्झौता गर्नु परोस,स्वाभिमान न झुकोस पद सगप्रतिष्ठा साट्नु नपरोस ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर