माओवादी केन्द्रको बाग्मती प्रदेशको नेतृत्व चयन गर्नका लागि अहिले साँझ ६ बजेबाट मतदान हुँदै — OSNepal

माओवादी केन्द्रको बाग्मती प्रदेशको नेतृत्व चयन गर्नका लागि अहिले साँझ ६ बजेबाट मतदान हुँदै

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । नेकपा माओवादी केन्द्रको प्रदेशन अधिवेशनमा अन्र्तगत बाग्मती प्रदेशमा पदाधिकारी चयन गर्नको लाति अहिले साँझ ६ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।

माओवादी केन्द्र निर्वाचन आयोगले दिएको जानकारी अनुसार ३ बजेबाट निर्वाचन प्रक्रिया सुरु भएपनि ६ बजेबाट भने मतदान दिने कार्यसुची रहेको छ । २७५ जना मतदाता रहेको बाग्मती प्रदेशमा अध्यक्षसहित नौ पदमा निवार्चन हुने भएको छ ।

अध्यक्षका लागि दीनानाथ गौतम,सरल सहयात्री, हिरानाथ खतिवडा र डीपी ढकाल लगायतको उम्मेदवारी परेको छ । वडा देखि नै सर्वसम्मतीले नेतृत्व चयन गरेपनि अध्यक्ष पदमा तिन जनाको उम्मेदवारी परेकोले माओवादी पहिलो पटक निवार्चनमा जान लागेको हो ।

माओवादी केन्द्रले यही पौष ११ देखि १३ गते सम्म राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर