प्रधानमन्त्री देउवाले पाए रक्षा मन्त्रालयको जिम्मेवारी — OSNepal

प्रधानमन्त्री देउवाले पाए रक्षा मन्त्रालयको जिम्मेवारी

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्ने भएका छन् ।

यस अघि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्मालेका देउवाले थप एक मन्त्रालयको पनि जिम्मेवारी पाएका हुन् ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वतमान रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएसँगै अर्को व्यवस्था नभए सम्म देउवालाई जिम्मेवारी दिएकी हुन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत भएको निवार्चनमा महामन्त्रीमा पराजित भएपछि रिजालले रक्षा मन्त्रीबाट राजीनामा दिएका हुन् ।

पार्टीको सभापति समेत रहेका देउवाले अब प्रधानमन्त्री सहित दुई मन्त्रालय सम्माल्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर