मिनेन्द्र रिजालले राजीनामा दिएपछि रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने — OSNepal

मिनेन्द्र रिजालले राजीनामा दिएपछि रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने

LC (KTM) December 20, 2021 0

काठमाडौं, ५ पुस-प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रधानमन्त्री देउवालाई रक्षा मन्त्रालयको जिम्मेवारी तोकेकी हुन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि मिनेन्द्र रिजालले नैतिकताका आधारमा रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।कांग्रेसमा उनी सभापति शेखर कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । तर महामन्त्रीमा उनी पराजित भए । पराजित हुँनै लाग्दा उनले रक्षा मन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए ।

उनले राजीनामा दिएपछि खाली रहेको मन्त्रालय प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले उनलाईनै तोकेकी हुन् ।राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर