नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आजबाट देउवा र निधिको समुहबाट प्रदेश सभापतिमा उम्मेदवारी — OSNepal

नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आजबाट देउवा र निधिको समुहबाट प्रदेश सभापतिमा उम्मेदवारी

LC (KTM) December 21, 2021 0

काठमाडौं ६ पौष । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्र्तगत प्रदेश २ को अधिवेशन आजबाट सुरु भएको छ । क्रियाशील सदस्यमा विवाद भएपछि हुन नसकेको अधिवेशन आजबाट सुरु हुने भएको हो ।

अधिवेशनमा प्रदेश सभापतिको लागि शेरबहादुर देउवा समुहबाट रौतहट जिल्लाका पूर्वसभापति कृष्ण यादव र विमलेन्द्र निधि समूहबाट प्रदेश २ सरकारका भौतिक तथा पूर्वाधार मन्त्रीसमेत रहेका संसदीय दलका नेता रामसरोज यादवलाई अघि सारिएको छ ।

प्रदेश सरकारले दिएको जानकारी अनुसार आज मनोनय दर्ता गरिने छ भने भोली निवार्चन हुने कार्यतालिका रहेका छ । निधि समुहबाट प्रतिस्पर्धामा जाने यादवलाई भने शेखर कोइराला समुहले पनि समर्थन गर्ने बताइएको छ ।

अन्य ६ वटा प्रदेशमा भन अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश २ मा भने केन्द्रिय अधिवेशन सम्पन्न भएपछि मात्र प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर