विवेकशील साझाका संयोजक पाण्डेबाट पार्टीलाई मुल बाटोमा फर्काउन 'पार्टी सुदृढीकरण अभियान' घोषणा — OSNepal

विवेकशील साझाका संयोजक पाण्डेबाट पार्टीलाई मुल बाटोमा फर्काउन ‘पार्टी सुदृढीकरण अभियान’ घोषणा

LC (KTM) December 21, 2021 0

काठमाडौं ६ पौष । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीलाई मुल बाटोमा फर्काउन पार्टी सुदृढीकरण अभियान घोषणा गरेका छन् ।

पार्टी अध्यक्ष रविन्द्र मिश्रले पार्टीलाई गलत बाटोमा लगेकाले पार्टीको सुदृढीकरण गर्न लागेको बताएका हुन् । पाण्डे आफ्नो अध्यक्षमा अभियोनको लदागि २१० केन्द्रिय समिति समेत घोषणा गरेका छन् ।

विवेकशील साझा पार्टी सुदृढीकरण अभियान सञ्चालनको मूल आधार ‘विवेकशील साझा पार्टी एकीकरण घोषणापत्र-२०७७’ र ‘वैकल्पिक राजनीतिको मूल बाटो’ हुने पाण्डेले जनाएका छन् ।

यस अभियानमा पाण्डे सहित प्रदेश संसदीय दलका नेता रमेश पौड्याल, विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतम, सचिव अमित पाठक, प्रशिक्षण विभाग प्रमुख केशव दाहाल लगायत सदस्य रहेका छन् ।

हिजो सोमबार मात्र संयोजक पाण्डेले अध्यक्ष मिश्रलाई आफुले राजतन्त्रलाई समर्थन गर्न नसकिने भन्दै मिश्रको स्पष्टिकरणको जवाफ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर