महाधिवशेन र राष्ट्रिय सम्मेलन फरक हुने बताएका महराले भने - राष्ट्रिय सम्मेलनले विचार र पार्टी निर्माण गर्छ — OSNepal

महाधिवशेन र राष्ट्रिय सम्मेलन फरक हुने बताएका महराले भने – राष्ट्रिय सम्मेलनले विचार र पार्टी निर्माण गर्छ

LC (KTM) December 22, 2021 0

काठमाडौं ७ पौष । नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टी हेडक्वार्टर पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी दिए ।

चिनियाँ क्रान्तिका नायक माओको जन्मजयन्तीको सन्दर्भ पारेर माओवादीले यही पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन आयोजना गर्नेभएको छ । माओ दिवस यही पुस ११ गते परेको छ । राष्ट्रिय सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।

प्रवक्ता महराले नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि सम्पूर्ण पार्टी पङ्क्तिलाई त्यसतर्फ निर्देशित गर्ने उद्देश्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन लेख्दै गर्नुभएको जानकारी दिए ।

अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकले अनुमोदन गरेपछि मात्र राष्ट्रिय सम्मेलनमा पेश हुनेछ । महाधिवशेन र राष्ट्रिय सम्मेलन फरक हुने भन्दै उहाँले राष्ट्रिय सम्मेलनले विचार र पार्टी निर्माण गर्ने बताए ।

सम्मेलनमार्फत फरक ढंगबाट पार्टी निर्माण गर्ने संकल्प लिइने उनले बताए । क्रातिको नयाँ कार्यभार तथा नेपाली जनताको आकांक्षा पूरा गर्न नयाँ पार्टीको आवश्यकता रहेको भन्दै उनले सम्मेलनले त्यसतर्फ अविचलितरुपमा लाग्ने पार्टी निर्माण गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर