संसद विघटनविरुद्धको मुद्धामा न्यायाधीश बमकुमार श्रेष्ठको सहभागीतालाई लिएर इजलासमा प्रश्न — OSNepal

संसद विघटनविरुद्धको मुद्धामा न्यायाधीश बमकुमार श्रेष्ठको सहभागीतालाई लिएर इजलासमा प्रश्न

LC (KTM) May 30, 2021 0

काठमाडौँ १६ जेठ । संसद विघटनको विरुद्धमा दर्ता भएको मुद्धाको सुनुवाईको आज दोस्रो दिन न्यायाधीश बमकुमार श्रेष्ठको उपस्थितलाई लिएर प्रश्न उठेको छ । नेकपा विभाजन गर्दा न्यायाधीशमा कुमार रेग्मी र बमकुमार श्रेष्ठ सहभागीता भएको भन्दै संसद विघटन विरुद्धको मुद्धामा श्रेष्ठको उपस्थिति किन भन्दै आज पहिलो बहस गर्ने कानुन व्यवसायी गोविन्द बन्दीले प्रश्न उठाएका हुन् ।

नेकपाको नामको मुद्दालाई लिएर ऋषि कट्टेलको मुद्दमा नमागेको विषयमा फैसला दिएर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने न्या प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर बहस सुरु भएको छ ।

न्यायाधीश श्रेष्ठ किन यस विषयको बहसमा भन्दै इजलासमा प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले लिखितमा आफ्नो धारण व्यक्त गर्न आग्रह गर्दा बन्दीले नमानेपछि एक घण्टाको समय दिइएको हो । बन्दी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दायर गरेको रिटको तर्फबाट बहस गर्न आएका कानुन व्यावसायी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर