टुसा उम्रेका गेडागुडी खानुका यस्ता छन् फाइदा, मुटुरोग देखि मोटोपन सम्मका लागि — OSNepal

टुसा उम्रेका गेडागुडी खानुका यस्ता छन् फाइदा, मुटुरोग देखि मोटोपन सम्मका लागि

LC (KTM) December 22, 2021 0

काठमाडौ-टुसा उमारेर गेडागुडी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रायको भान्सामा पाकिने नियमित तरकाली हो ।

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छ । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।टुसा उम्रिएको गेडागुडी खानाले पाचन प्रक्रिया बलियो हुन्छ ।

किनकि, पाचन प्रक्रिया बलियो बनाउने फाइबर यस्ता गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छन् ।टुसा उम्रिएको गेडागुडीमा एन्टी–अक्सिडेन्ट, भिटामिन ए, बी, सी र ई प्रचुर मात्रामा पाइन्छन् ।

एन्टी–अक्सिडेन्टले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।टुसा उमारेको गेडागुडीमा शरीरलाई ऊर्जा प्रदान गर्ने र मांसपेशीलाई बलियो बनाउने प्रोटिनको मात्रा उच्च हुन्छ ।जन कम गर्न खोज्दै हुनुहुन्छ भने टुसा उमारेको गेडागुडी खाने गर्नुस् । किनकि, यस्तो खानामा क्यालोरीको मात्रा कम्ती हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर