विवेकशील साझा पार्टीकी नेत्रृ रञ्जु दर्शनाबाट पार्टी परित्याग, अध्यक्ष मिश्रलाई लेखिन् यस्तो पत्र — OSNepal

विवेकशील साझा पार्टीकी नेत्रृ रञ्जु दर्शनाबाट पार्टी परित्याग, अध्यक्ष मिश्रलाई लेखिन् यस्तो पत्र

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । विवेकशील साझा पार्टीकी नेत्रृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् ।

बिहिबार दर्शनाले एक वक्तव्य जारी गर्दै आफ्नो पार्टीमा साधारण सदस्य समेत नरहने गरी पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।

पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै उनले जारी वक्तव्य भनेकी छन् , ‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ ।’

अध्यक्ष मिश्रलाई पठाएको पत्रमा उनले भनेकी छन्, ‘राजनीतिक यात्राको मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा ‘अधिकतम ढोंग’ देखियो ।

पत्रमा अघि लेखेकी छन्, ‘वि.सं. २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उताव(चढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग (hypocrisy) पाएँ,’ ।

पार्टी परित्याग गरेसँगै उनले अब आफ्नो भूमिका एक सचेत स्वतन्त्र नागरिकको रुपमा राजनीतिमा सक्रिय रहने जनाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर