पार्टी नेतृत्व छाड्ने चाहना हुँदाहुँदै पनि साथीहरुको आग्रहले गर्दा बसिराखेको छु : प्रचण्ड — OSNepal

पार्टी नेतृत्व छाड्ने चाहना हुँदाहुँदै पनि साथीहरुको आग्रहले गर्दा बसिराखेको छु : प्रचण्ड

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफुलाई रिटायर भएर संस्मरण लेख्न मन लागेको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

यो पार्टीलाई पनि बुर्जुवा पार्टी बनाउन चाहनेहरुले आफ्नो विरोध गरेको बताएका उनले आफु व्यक्ति इच्छाले नबसेको बताएका छन् ।

‘यो मेरो व्यक्तिगत कुरा होइन । यो राष्ट्रको सर्वोत्तम हितको निम्ति जनताको विकास, समृद्धि र मुक्तिको निम्ति मैले अन्तिम समयसम्म लड्छु भनेर मात्रै मलाई सबै साथीहरुले तपाई बस्नुपर्छ भनेर पो बरु म बसिराखेको छु त’ प्रचण्डले भने ।

अब आफुले बनाउन लागेको दस्तावेजमाथि राष्ट्रिय सम्मेलनलेगर्व गर्ने बताएका उनले भने, ‘मैले अहिले जुन दस्ताबेज बनाउँदै छु, मलाई विश्वास छ राष्ट्रिय सम्मेलनले त्यसमा गर्व गर्नेछ र नेतृत्वप्रति गर्व गर्नेछ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर