प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम — OSNepal

प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम

LC (KTM) December 23, 2021 0

जनपुरधाम । प्रदेश दुई को नाम मधेस राख्न प्रस्ताव अघि सरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र ,जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा ले प्रदशेको नाम मधेस राख्न प्रस्ताव अघि सारेको हो ।

यस प्रदेशको जनताको पहिचान नै मधेसले गराएकोले प्रदेशको नाम पनि मधेस नै राख्नुपर्ने बैठकमा छलफल भएको हो । यता प्रतिपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले पनि मधेस नाममा समर्थन जनाएकी छन् ।

उनले मधेश नाम राखे शहीदको सपना समेत साकार हुने बताएकी छन् । यता नेपाली कांग्रेसले भने मधेस भन्दा पनि त्रेतायुगदेखि रहँदै आएको संस्कृति इतिहासलाई जगेर्ना गर्न प्रदेशको नाम मिथिला भोजपुरा राख्नुपर्ने बैठकमा बताएका छन् ।

आज बसेको बैठकमा प्रदेशको राजधानी जनकपुर राख्न पनि आगह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर