'अहिले पनि ढुक्क हुने अवस्था छैन, प्रतिगमनकारीले गणतन्त्रलाई उल्टयाउने षडयन्त्र गरिरहेका छन्' — OSNepal

‘अहिले पनि ढुक्क हुने अवस्था छैन, प्रतिगमनकारीले गणतन्त्रलाई उल्टयाउने षडयन्त्र गरिरहेका छन्’

LC (KTM) December 24, 2021 0

काठमाडौं ९ पौष । नेपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले पनि ढुक्क हुने अवस्था नभएको भन्दै षडयन्त्र जारी रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित एकता कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

युद्ध र आन्दोलनबाट परास्त भएका तत्व र प्रतिगमनकारीले गणतन्त्रलाई उल्टयाउने षडयन्त्र गरिरहेका बताएका उनले जनताको बलिदानबाट प्राप्त उपलब्धि कुनै पनि हालतमा उल्टिन नदिइने बताएका छन् ।

कार्यक्रममा प्रचण्डले भने, ‘जनता र राष्ट्रका पक्षधर, क्रान्तिकारी शक्तिले एकजुट भएर प्रतिवाद गर्न जरुरी छ’।

उनले कार्यक्रममा परिवर्तनका पक्षधर, क्रान्तिकारी र वामपन्थी शक्ति एकताबद्ध भएर अगाडि जाने गरी मोर्चाबन्दी हुँदै गएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर