अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निस्वार्थ हो भने एमसीसी स्विकार गछौँ :नेपाल — OSNepal

अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निस्वार्थ हो भने एमसीसी स्विकार गछौँ :नेपाल

LC (KTM) December 24, 2021 0

काठमाडौं ९ पौष नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमसीसी स्वार्थगत भए कदापी स्विकार नगर्ने बताएका छन् ।

शुक्रबार सल्यानमा अगुवा कार्यक्रता भेलालाई सम्बोध गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । एमसीसीको बास्तविकता केहो जनताको चाहाना हो त्यो बुझेर मात्र एमसीसीको प्रक्रिया अगाडी बढाउने अध्यक्ष नेपालले बताएका छन् ।

‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निस्स्वार्थ हो भने हामी स्वीकार्छौं । सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्वीकार्दैनौं।’ नेपालले भने ।

साथै नेपालले कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसी पास गर्ने अधिकार जनतामा रहेकोले यो विषय जनतामा लानु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर