वाग्मती प्रदेशमा १८ सदस्यीय मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट थपिए ६ जना मन्त्री — OSNepal

वाग्मती प्रदेशमा १८ सदस्यीय मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट थपिए ६ जना मन्त्री

LC (KTM) December 24, 2021 0

काठमाडौं ९ पौष । वाग्मती प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

पाण्डेले नेपाली कांग्रेसका ६ जनालाई तीन मन्त्री र तीन राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । यो भन्दा अघि नै १२ जनालाई मन्त्रिमा नियुक्त गरिसकेका पाण्डले आज ६ जनालाई नियुक्त गर्दे वाग्मती प्रदेशमा १८ जना सदस्यको मन्त्रिमण्डल विस्तार गरेका छन् ।

मन्त्री नियुक्त हुनेमा भूमिव्यवस्थामा बलराम पौडेल, उद्योगमन्त्रीमा मिलनबाबु श्रेष्ठ, भौतिक पूर्वधार राज्यमन्त्रीमा सन्तबहादुर प्रजा,उद्योग मन्त्रीमा रजनी अमात्य जोन्छे र स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली नियुक्त भएका छन् ।

संस्कृतिमन्त्रीमा दीपेन्द्र श्रेष्ठ नियुक्त भएका छन् । नियुक्त भएका सबै मन्त्रीहरुले अहिले केहि बेरमा नै सपथ लिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर