गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै — OSNepal

गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष । गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ । बैठक आज आइतबार ३ बजे

सिंहदरबारमा बोलाइएको मन्त्रालयले जनाएको छ । बैठकमा आन्तरिक सुरक्षा परिस्थितिबारे छलफल हुने बताइएको छ ।

बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक सहभागी हुने भएका छन् ।

साथै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर