स्वास्थ्यमा सुधार आएपछि वर्षमान पुनले गरे चिनियाँ उपमन्त्रीसँग भेटवार्ता — OSNepal

स्वास्थ्यमा सुधार आएपछि वर्षमान पुनले गरे चिनियाँ उपमन्त्रीसँग भेटवार्ता

LC (KTM) December 28, 2021 0

काठमाडौं १३ पौष । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।

विश्वमा विरलै देखिने जण्डिस रोगबाट ग्रसित नेता पुनले चीनको सेनजेनमा उपचार गराइरहेका छन् ।

आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि पुनले चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री चेन झाओबीच भेटवार्ता गरेका छन् ।

भेटवार्तामा पूर्व सभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती समेत सहभागी भएकी थिइन् ।

पुनले लगायतले उपमन्त्रीसहितको चिनियाँ टोलीसँग भेटवार्ता गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर