१० फिट अग्लो गेट नाघेर कुकुरलाई लिएर यसरी बाहिर गयो चितुवा, भिडियो भयो भाइरल — OSNepal

१० फिट अग्लो गेट नाघेर कुकुरलाई लिएर यसरी बाहिर गयो चितुवा, भिडियो भयो भाइरल

LC (KTM) December 28, 2021 0

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा चितुवाले कुकुरलाई १० फिट अग्लो गेटबाट उठाएर लगेको छ । चितुवा गेट बाहिर हुन्छ त्यसपछि भित्र पसेर कुकुरलाई समातेर १० फिट उचाइको गेटबाट लैजान्छ। यो भिडियोलाई लिएर प्रयोगकर्ताहरुले धेरै कमेन्ट गरिरहेका छन् । यो भिडियो छतरपुरको हो ।

तर यसको पुष्टि हुन सकेको छैन, यो भिडियोलाई आइएफएस अधिकारी प्रवीण कासवानले पनि ट्विटरमा सेयर गरेका छन् । जसलाई धेरैले रिट्वीट गरेका छन् । यसै क्रममा डेली मेलमा प्रकाशित समाचार अनुसार चितुवाले पहिले कुकुरलाई हानेको छ । त्यसपछि मुखमा थिचेर १० फिट उचाइको गेटबाट हाम फालेर बाहिर लिएर गएको छ ।यो भिडियो डिसेम्बर महिनाको मात्र हो ।

यो पूरै घटना सीसीटीभी फुटेजमा कैद भएको थियो, त्यसपछि यो भिडियो भाइरल भएको थियो । तर, घटनापछि वन विभागका अधिकारी पनि पुगेका थिए । तर चितुवाको खुट्टाको छाप फेला पार्न सकेनन् । सो क्षेत्रमा चितुवा देखिनुअघि नै यसलाई समात्न जाल लगाइएको थियो । तर, चितुवा समातिएको थिएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर