आजदेखि दोस्रो मध्यविन्दु महोत्सव सुरु हुँदै — OSNepal

आजदेखि दोस्रो मध्यविन्दु महोत्सव सुरु हुँदै

LC (KTM) December 29, 2021 0

नवलपुर, १४ पुस -नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा आजदेखि दोस्रो मध्यविन्दु महोत्सव सुरु हुँदैछ । मध्यविन्दु नगरपालिकामा मध्यविन्दु उद्योग वाणिज्य सङ्घको आयोजनामा अरुणखोलामा उक्त महोत्सव हुन लागेको हो । उक्त महोत्सव यही पुस २४ गतेसम्म सञ्चालन हुनेछ ।

सङ्घका अध्यक्ष केदारप्रसाद पराजुलीले नगरपालिकामा पर्यटन तथा व्यपारिक गतिविधि वृद्धिसँगै यस क्षेत्रको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवमार्फत विभिन्न व्यावसायिक तथा कृषि उत्पादनको प्रदर्शन गरी नगरपालिकाभित्र व्यावसायिक वातावरण तयार गर्न लागिएको उहाँको भनाइ छ ।

महोत्सवको झण्डै एक लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने बताइएको छ । महोत्सवमा रु १० करोड बराबरको कारोबारको लक्ष्य रहेको पराजुलीले बताउनुभयो । महोत्सवको आकर्षणका रूपमा पूर्वपश्चिम राजमार्गको मध्यभागमा रहेको मध्यविन्दु स्तम्भ झल्काउने विविध झाँकीसहितको वृहत् शोभायात्रा, दोस्रो मध्यविन्दु नृत्य आइडल, स्थानीयरूपमा उत्पादित कृषि उपजको प्रदर्शनी तथा कला, संस्कृति, वेषभूषाको प्रदर्शनी रहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर