कांग्रेस , एमाले र माओवादी पार्टी अब जनताको बिचमा गएर मुख देखाउन लायक छैनन् : राजेन्द्र लिङ्देन — OSNepal

कांग्रेस , एमाले र माओवादी पार्टी अब जनताको बिचमा गएर मुख देखाउन लायक छैनन् : राजेन्द्र लिङ्देन

LC (KTM) December 30, 2021 0

काठमाडौं १५ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस , एमाले र माओवादी पार्टी जनातका अगाडी मुख देखाउन लायन नभएको भन्दै कडा टिप्पणी गरेका छन् ।

पार्टीको अध्यक्षमा निर्वाचित भएका लिङदेन अन्य पार्टीप्रति टिका टिप्पणी गर्दै आएका छन् । काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अहिले जनताले राप्रपालाई नै खाजेको दावी गर्दै उक्त कार्यक्रममा भनेका छन् , ‘अहिले राजनीतिक रुपले र नैतिक रुपले कांग्रेस, एमाले, माओवादीहरु जो आफुलाई यो देशको ठुलो पार्टी भन्छन् । उनीहरु जनताको बिचमा गएर मुख देखाउन लायक छैनन् । उनीहरु सँग कुनै आधार नै छैन ।’

विगतमा आफ्नो पार्टीले ठिक ढंगले जनतालाई बुझाउन नसक्दाखेरी अन्य पार्टी ठुलो हुने मौका पाएको बताएका छन् । अब आफ्नो नेतृत्वको पार्टीले जनताको शिर झुक्ने खालको कुनैपनि क्रियाकलाप आफ्नो तर्फबाट नहुने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर