कर्णालीका नाै जिल्लामा एमाले अधिवेशन, आज प्रतिनिधि छानिँदै — OSNepal

कर्णालीका नाै जिल्लामा एमाले अधिवेशन, आज प्रतिनिधि छानिँदै

LC (KTM) January 01, 2022 0

सुर्खेत, १७ पुस – कर्णाली प्रदेशका नाै जिल्लामा नेकपा (एमाले) काे जिल्ला अधिवेशनका लागि आज शनिबार प्रतिनिधि छनाेट गरिँदैछ ।

२३ पुसमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनाेट गरिन लागिएकाे हाे । कर्णालीका सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, रुकुमपश्चिम, कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला जिल्लामा आज प्रतिनिधि छनाेट हुने एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिए । जुम्ला जिल्लामा भोलि मात्र जिल्ला प्रतिनिधि चयन गरिनेछ ।

यो पनि : मुख्यमन्त्रीबाट पदमुक्तकाे चार महिनापछि सरकारी गाडी फिर्ता गरे शेरधन राईले : प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्तकाे चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् । चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभाेग गर्दै आएका राईकाे तीव्र आलाेचना भएपछि उनले अहिले आएर गाडी फिर्ता गरेका हुन् ।

उनले काठमाडौंमा गाडी फिर्ता गरेकाे प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे । ‘गाडी लिन आउनुहोस् भनेर माननियज्यूले फोन गर्नुभयाे,’ दाहालले भने, ‘मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको छ ।’

मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवासुविधाको विषयमा प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन । कानुनमा नै नभएको सेवासुविधा राइले ४ महिना प्रयोग गरे । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले को१झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए ।

राईकै कार्यकालमा काठमाडौंमा सम्पर्क कार्यालय खोलिएको थियो । सम्पर्क कार्यालय खाेलिएकाे विषयमा चर्काे विरोध भएपछि निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले कार्यालय हटाएको थियो ।वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले सम्पर्क कार्यालयका फर्निचर सरकारी निवासमा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर