१० मन्त्री र २० प्रदेश सांसदहरुलाई कोरोना संक्रमण — OSNepal

१० मन्त्री र २० प्रदेश सांसदहरुलाई कोरोना संक्रमण

LC (KTM) January 01, 2022 0

महाराष्ट्र १७ पौष । भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरु २० प्रदेश सांसदहरुलाई पनि सङ्क्रमण भएको जानकारी दिए ।

उनले कोरोनाभाइरसको महामारी तीव्ररुपमा फैलिएकाले आम नागरिकस्तरबाट पनि उच्च सतर्कता अपनाइनु पर्नेमा जोड दिए । सरकारले लागु गरेका नियमहरुको पालना नगर्दा र हेलचेक्र्याई गरेकाले महामारी बढी फैलिइएको उनको भनाइ छ ।

उनले भने, “कृपया सरकारको आग्रहलाई पालना गरिदिनु होला, आफ्नै पनि सतर्कता अपनाउनु होला, नत्र अवस्था भयावह हुनसक्छ ।” महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने नयाँ उपायका बारेमा छलफल गर्न सरोकारवाला तथा विज्ञको बैठक बोलाइएको र उनीहरुसँग पटकपटक परामर्श भइरहेको जानकारी पनि उनले दिए ।

भारतको महाराष्ट्र प्रदेश कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । अहिले ओमिक्रोनका सङ्क्रमित पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएका छन् ।(एएनआई )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर