२६ वर्षीया भीमादेवीको उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि उद्धार गरेर काठमाडौँ ल्याइयो — OSNepal

२६ वर्षीया भीमादेवीको उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि उद्धार गरेर काठमाडौँ ल्याइयो

LC (KTM) January 02, 2022 0

खोटाङ, १८ पुस -डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको छ । उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ रिफर गरेको जनाइएको छ । ।

काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि शिशु जीवित नरहेको भीमादेवीका श्रीमान् प्रविन राईले जानकारी दिनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई भीमादेवीको हवाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५÷७६ देखि जिल्लामा सुरुआत भएको यस कार्यक्रमअन्तर्गत हालसम्म २४ गर्भवतीको उद्धार गरिएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर