OSNepal मंगलबार, माघ ११ २०७८

दुरुस्तै मानव आकृति देखिने इटालीको एउटा सहरका तस्विर, जसका कारण फोटोग्राफरले खाए गाली

दुरुस्तै मानव आकृति देखिने इटालीको एउटा सहरका तस्विर, जसका कारण फोटोग्राफरले खाए गाली

  • OSNepal
  • मंगलबार, पौस २० २०७८


दुरुस्तै मानव आकृति देखिने इटालीको एउटा सहरका तस्विर, जसका कारण फोटोग्राफरले खाए गाली
Reading Time: < 1 minute

रोम, २० पुस-इटालीको एउटा सहरको एरियल तस्विरहरु दुरुस्तै मानव आकृतिजस्तै देखिएका छन् । सिसिली टापुको सानो सहर सेन्टुराइप सहरको ड्रोनले खिचेको तस्विर दुरुस्तै मानिसजस्तै देखिएको हो । तस्विरमा प्रष्ट पाँच आकार देखिन्छ ।

स्थानीय फोटोग्राफर पिओ एन्ड्रिया पेरीले सवैभन्दा पहिले ड्रोनबाट तस्विर खिचेका थिए । गुगल अर्थमा मानव आकृतिको सहर देखेपछि उनले ड्रोनबाट तस्विर खिचेका थिए ।

उनल सेन्टुराइप सहरमा माथिल्लो उचाईमा ड्रोन उडाएका थिए । ‘यो तस्विर खिच्ने निकै कठिन भएको थियो,’ उनी भन्छन्, ‘ड्रोन सीमित उचाइमा पुग्ने भएकोले मैले धेरै सट प्रयोग गरेको थियो ।’

ड्रोनबाट खिचिएको तस्विरमा मानिसको आकृतिबाहेक विभिन्न चिजसँग मेल खाएको छ । पाँच बिन्दुको तार, फैलिएको पखेंटा र प्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्चीको मानव आकृति (भिर्तुभियन) सँग तस्विर मेल खान्छ ।

पिओले आफूले खिचेको तस्विरलाई इस्टाग्राम पेजमा राखेका छन् । तस्विरसँग धेरैजसो व्यक्ति झुक्किएका छन् । धेरैले तस्विरलाई विश्वास गरेका छैनन् ।

केहीले विभिन्न तस्विर कम्प्युटरमा गाँसेर राखेको आरोप लगाएका छन् । ‘सहरबारे मैले खिचेका तस्विरहरुलाई धेरैले अनौठो मानेका छन् । कतिपयले विश्वास नै गरेका छैनन् । कोहीले कम्प्युटरबाट तोडमोड गराएको बताएका छन्, ’ उनले भने ।

तर, गुगल अर्थमा सर्च गरेपछि फोटोसपबाट तस्विर गाँसेको भनेर आरोप लगाउनेहरुले उनीसँग क्षमा याचना गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड