राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा तिन जनाले दिए उम्मेदवारी दर्ता — OSNepal

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा तिन जनाले दिए उम्मेदवारी दर्ता

LC (KTM) January 04, 2022 0

काठमाडौं २० पौष । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा तिन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दार्त गराउनेमा राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद बिश्वकर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा रहेका छन् ।

अगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको लागि आज मंगलबारबाट सातै प्रदेशमा उम्मेदवारी दर्ता भइरहेको छ ।

१९ सिटको लागि हुने निवार्चनमा सत्ता गठवन्धले सबै सिट ल्याउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर