OSNepal शुक्रबार, माघ ७ २०७८

सरकारले अभिभावकको दायित्व निभाउन नसक्दा यसको भागिदार बन्दै नेपाली जनता

सरकारले अभिभावकको दायित्व निभाउन नसक्दा यसको भागिदार बन्दै नेपाली जनता

  • OSNepal
  • शुक्रबार, पौस २३ २०७८


सरकारले अभिभावकको दायित्व निभाउन नसक्दा यसको भागिदार बन्दै नेपाली जनता
Reading Time: 4 minutes

अनुसा थापा- काठ्माडौं उपत्यकाभित्रका मठमन्दिरहरु कोरोना संक्रमित उत्पादित बन्ने कारखाना बनेका छन् । पशुपतिनाथ मन्दिरमा छिमेकी मुलुकबाट दर्शन गर्न आउने भक्तजनको संख्या उल्लेखीय छ । दिनहु हजारौंको संख्यामा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न भक्तजनहरु आउने गरेका छन् । बाहिरी मुलुकबाट नेपाल घुम्न आउनेको कोभिड परीक्षण गरिएको छैन् । कति विमानमार्फत आएका छन् त कति नाकाबाट सिधै । विमानस्थलहरुमा पनि कोरोना परीक्षण गरिएको छैन् । नाकामा न त स्वास्थ्यकर्मी परिचालन गरिएको छ न कुनै कडाइ । यस्तोमा कोभिडले भयानक रुप लिने प्रष्ट देखिएको छ ।

हाम्रो छिमेकी मुलुकहरुमा कोरोना मात्र नभई ओमिक्रोनसमेत बढ्दो छ । भारतको विभिन्न राज्यमा ओमिक्रोन संक्रमितले बढ्दो रुप देखिएको छ । तैपनि उनीहरुलाई नेपाल भित्रिनमा कुनै रोकतोक लगाइएको छैन् । पशुपति विकास कोषले पशुपतिनाथमा आउने भक्तजन हरुलाई स्वास्थ्य मापदण्डको पालना गर्न कुनै पनि पहल गरेको देखिदैन् ।

पशुपतिनाथ दर्शन गर्न आउनेहरुको मुखमा मास्क छैन । सामाजिक दुरी त कुनै पनि हालमा पालना नहुने नै भयो । त्यही आसपासका व्यापारीहरुले समेत कोरोनालाई लापरबाही गरेको देखिन्छ । पशुपति कोषको लापरबाहीले गर्दा कोरोना फैलिदैछ । धर्म गर्ने र दर्शन गर्ने नाममा कोरोना फैलाउने काम भइरहेको छ ।

कोरोना फैलाएर सरकारले नै जनता मार्ने प्रयास थाल्दैछ । उपत्यका बाहिरी जिल्लाका मठमन्दिरहरुमा त्यस्तै भीड छ । मनकामना मन्दिरमा पनि त्यस्तै छ । केबुलकार चढ्न आउनेहरुले समेत मास्क लगाएको देखिदैन् । यता, जाडोयाम सुरु भएसंगै चन्द्रागिरीको डाँडामा र मन्दिरमा निकै भीड देख्न सकिन्छ ।

चन्द्रागिरी दर्शन गर्न र हिउमा खेल्न दैनिक हजारौको संख्यामा आन्तरिक र बाह्य पर्यटक त्यहाँ पुग्ने गर्दछन् । बाहिरी मुलुकका नागरिकहरुले पनि कोरोनालाई लिएर हेलचेक््रयाइ गरेको जस्तो देखिन्छ । नेपालीले मास्क लगाउनै छोडिसके । मानौ कोभिड केही होइन् भन्ने मनस्थिति हामीमा देखिएको छ ।

कोभिड निर्मल होला भन्दा झन् नयाँनयाँ भेरिएन्टहरु देखापरिरहेका छन् । कोभिडको कारणले त्यत्रो नेपालीहरुले अकालमा ज्यान गुमाउदा पनि नेपालीहरुको होस खुलेको छैन् । भीडभाड गरेका छौ, स्वास्थ्य मापदण्डको पालनामा लापरबाही गरिरहेका छौ । सरकारले केही दिनका लागि मठमन्दिर सञ्चालनमा रोक नलगाउने हो भने कोरोनाले नराम्रो दिनदेखाउन बेर लगाउदैन् । केही दिनयता कोरोना संक्रमितको दरमा निरन्तर उकालो लागिरहेको छ ।बालबच्चा, बुढाबुढीलाई लिएर दर्शन गर्न जाने प्रवृत्तिले यी दुई उमेर समुहका बढी जोखिममा परेका छन् । धर्म गर्न नाममा बालबच्चा, बुढाबुढीको बाँच्ने अधिकार हनन गर्नु गलत हो । सरकारले बेलैमा सोच नपुप्याउने हो भने मठमन्दिरमा खोलिएको कोरोना कलकार खानाबाट धेरै क्षति व्यहोर्नुपर्नेछ ।

पशुपति विकास कोषले पनि स्वास्थ्य मापदण्ड पालना भएको छ छैन् भनेर अनुगमन गरेको छैन् । साथै, कोषले कोरोनाविरुद्ध कुनै जानकारीमुलक सुचना समेत जारी गरेको छैन् । पशु पतिनाथ मन्दिरमा जहिले पनि मेला लाग्ने गरेको छ । कोष जिम्मेवार नहुदा कोरोना फैलाउने काम भएको छ । यो कोषलाई कसले कारबाही गर्ने ?मठमन्दिर खोल्न सरकारलाई दबाब दिने, खोल्न दिइसकेपछि आफ्नो जिम्मेवारी वहन नगर्ने मठमन्दिरमा रहेका विकास कोषहरुलाई कानुनको दायरामा ल्याउनुपर्छ । स्वास्थ्य मन्त्रालय ,गृह मन्त्रालय र यसका मातहतका निकायहरुले पनि खासै अनुगमनमा चासो दिएकोजस्तो देखिएन् ।

कोरोना आएको दुई वर्ष बितिसक्दा पनि संक्रमितको दर शुन्यमा झार्न सकिएको छैन् । कोरोनाको कारण ज्यान गुमाउनेहरु अहिले पनि उत्तिकै छन् । कोरोना निर्मल हुन नपाउदै सरकारले हरेक क्षेत्र सञ्चालनमा अनुमति दियो । चिडियाखाना, संग्रहालय, सार्वजनिक पार्क, फनपार्क लगायत सम्पुर्ण क्षेत्रलाई खोल्न अनुमति दियो तर अनुगमन गरेन् ।
पशुपतिनाथमा दर्शन गर्न मात्र नभई दाहसंस्कार गर्नसमेत मानिसहरु आउने गर्दछन् । दाहसंस्कार गर्न आउनेको संख्या पनि सयौमा हुन्छ । तीमध्ये कसैले पनि मास्क नै लगाउदैन् ।

अर्को, लाखबत्ती र भजन कृत्तन गर्न आउनेहरुले पनि कोरोना फैलाइरहेका छन् । बुढाबुढीहरु हजारौको संख्यामा एकै ठाँउमा जम्मा हुन्छन् अनि भजनकृत्तन गर्न थाल्छन् ।यसले पनि कोरोनालाई बढावा दिइरहेको देखिन्छ । सबै खालका पुजाआजा, श्राद्ध, विवाह, व्रतबन्ध पशुपतिनाथ मन्दिर मै हुन्छ । पशुपतिमा विवाह, व्रतबन्ध र भोज गर्ने नाममा पनि पनि कोरोना फैलिरहेको छ । विवाह, जमघट र भोज गर्नेहरुको पार्टी प्यालेसमा भीड त्यत्तिकै छ ।

पार्टी प्यालेसमा जम्मा हुनेहरुले कुने पनि स्वास्थ्य मापदण्डको पालना गरेको छैन् । केही महिनायता राजनितिक पार्टीहरुले विभिन्न शीर्षकमा कार्यक्रमहरु गर्दै आएका छन् । आफ्नो सम्पुर्ण कार्यकर्ता भेला गरेर शीर्ष राजनितिक दलहरुले कार्यक्रम गर्दै आएको पाइन्छ । तर, शीर्ष नेताहरुले कार्यक्रम गरेका छन् कोभिडको जोखिमलाई बेवास्ता गरी ।
यता, सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पनि त्यस्तै छ । ससाना बालबालिकाले मास्क लगाउन जानेका छैनन् । उनीहरुमा भौतिक दुरी पालना गर्नु असम्भावित विषय भयो । तर, शिक्षकहरुले पनि ससाना बालवालिकालाई मास्क लगाइदिने, स्यानिटाइजरको प्रयोग गर्न सिकाउनेजस्तो कार्य गरेका छैनन् ।ठुल्ठुला विधार्थीले भनेर स्वास्थ्य मापदण्ड पालनालाई लापरबाही नै गरेको हुन् । रात्रिकालिन व्यवसायी, फुट्पाथ, व्यवसायीहरुले पनि एकदमै हेलचेक््रयाइ गरेका छन् । सार्वजनिक यातायातमा मापदण्डको पालना असम्भव झै छ । सिट क्षमताभन्दा तेब्बर यात्रु कोचेका हुन्छन् ।
यस्तोमा सामाजिक दुरीको पालना कसरी गर्ने ? तापनि ट्राफिक महाशाखाले यस्ता तेब्बर यात्रु कोच्ने सार्वजनिक सवारीलाई कारबाही गर्दैन । सार्वजनिक यातायातका चालक र सहचालकले नै मुखमा मास्क लगाउदैनन् । कोरोना काल सुरु भएदेखि नै सार्वजनिक यातायातमा स्यानिटाइजर देखिएको छैन् ।

यसको अनुगमनमा उपत्यकाका प्रमुख जिल्ला अधिाकारीहरु समेत चुकेको छन् । सरकारले बेमतलब गर्दा नेपाली जनताहरु कोरोना पिडित बनेका छन् । सरकारले अभिभावकको दायित्व राम्ररी निभाउन नसक्दा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । विश्वका अन्य मुलुकका सरकारले आफ्नो नागरिक बचाउन विभिन्न उपाय खोज्दे आएका छन् ।
कसरी हुन्छ उनीहरुलाई आफ्नो देशको जनताको सुरक्षा चाहिएको छ । तर, हाम्रो मुलुकको सरकारलाई आफ्नो नागरिकप्रति अलिकति पनि दायित्व भएजस्तो लाग्दैन् । अरु मुलुकले कोभिड न्युनिकरण गर्न लकडाउन गरे । तर, हाम्रो सरकारले लकडाउन खुल्ला गप्यो । नेपाली जनताको ज्यानलाई भेडाबाख्रा सोच्ने नेपालका राजनितिज्ञबाट अरु केही अपेक्षा राख्न सकिदैन् ।

छिमेकी मुलुकमा कोरोना संक्रमणले भयानक रुप लिएसंगै नेपाल फर्किनेको चाप बढ्दो छ । तर, नाकामा कोरोना परीक्षण गरिएको छैन् । क्वारेन्टाइनको पनि व्यवस्था छैन् । जसले गाँउ, टोल, समाज, छरछिमेक र परिवारलाई जोखिममा पारिदिएको छ । अहिले विदेशबाट आउनेहरु पनि सिधे आफ्नो घर फर्किरहेका छन् । नेपाल सरकारको लापरबाहीले १२ हजार जनता मर्दा पनि सरकारको आँखा खुलेको छैन् । यी मरेका नागरिकहरुलाई सरकारले नेपालीको रुपमा हरेन् ।
अकालमा ज्यान गुमाएको जनतालाई शहिद घोषणा गर्नुपर्छ । साथै, १० लाख रुपैंया क्षतिपुर्ति मरेकाको आफन्तलाई दिनुपर्छ । पार्टीको कार्यकर्ता मर्दा शहिद घोषणा हुने, क्षतिपुर्ति दिने, उनीहरुलाई चाहि किन नदिने ? यो नेपालीमा गरिएको भेदभाव होइन् सरकार ?

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड