एजेन्सी । यतिबेला चौतर्फी चर्चा छ फिल्म ‘केजिएफ’ को । कयौं कन्नड फिल्ममा अभिनय गरेका साउथ सुपरस्टार यशको फिल्म ‘केजिएफ’ को सफलतासँगै उनको पारिवारिक रहस्यसमेत बाहिर आउन थालेको छ ।
शनिवारबाट ३६ वर्षमा लागेका उनको वास्तविक नाम नवीन कुमार गौडा हो । ८ जनवरी १९८६ मा भारतको हासन जिल्लामा जन्मिएका उनलाई पिता अरुण कुमारले जन्म दिएका हुन् । यशका बाबु अरुण कुमार निकै मेहेनती र इलमी वयक्तित्व हुन् । जसले ‘बिएमटिसी ट्रान्सपोर्ट सर्भिस’ मा बस ड्राइभरको काम गर्दै आएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
एउटा फिल्मका लागि ३० करोडसम्म पारिश्रमिक बुझ्ने गरेका यशका पिता अरुण कुमारले काम कुानै पनि ठूलो सानो नहुने उल्लेख गर्दै छोराको नामले भने आँफु दंग परेको उल्लेख गरेका छन् ।
‘राजधानी, ड्रामा, गुगली, राजा हुली, मिस्टर एन्ड मिसेज रामाचारी, मास्टरपीस’ लगायतका फिल्ममा अभिनय गरिसकेका आफ्ना छोरालाई अझै प्रगती गर्न ड्राइभर बाब् अरुणले आर्शिवाद दिएका छन् ।