आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि, दुई जनाको मृत्यु — OSNepal

आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

LC (KTM) January 10, 2022 0

काठमाडौं, २६ पुस-पछिल्लो २४ घण्टामा १४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा ११ हजार चार सय २९ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित पुष्टि भएका हुन् ।

यस्तैगरी, कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने दुई सय ५५ जना कोरोनामुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६ सय ६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर