जसपाबाट अध्यक्ष ठाकुर र नेता महतोसहित चार जना निष्काशित — OSNepal

जसपाबाट अध्यक्ष ठाकुर र नेता महतोसहित चार जना निष्काशित

LC (KTM) June 01, 2021 0

काठमाडौँ १८ जेड । जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष महन्थ ठाकुर , वरिष्ठ नेता राजेन्द्र महतो , नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ल बाहिरिएका छन् । हिजो सोमबार अर्का अध्यक्ष उपेन्द्र यादव समुहको बहुमतका कार्यकारीणी सदस्यहरुको बैठकले अध्यक्ष ठाकुर सहित चार जनालाई पार्टीबाट निष्काशन गरेको हो ।

पार्टीबाट निष्काशन गरिएको जानकारी निवार्चन आयोगलाई दिएको सहभागी एक नेता बताए । पछिल्लो समय सरकारमा जाने विषयमा पार्टी भित्र दुई गुट भएपछि जसपा फुटको नजिक पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर