टेलिकमकाे टावर सञ्चालनमा आएपछि महोत्तरीको उत्तरी क्षेत्रमा खुसियाली — OSNepal

टेलिकमकाे टावर सञ्चालनमा आएपछि महोत्तरीको उत्तरी क्षेत्रमा खुसियाली

LC (KTM) January 13, 2022 0

महोत्तरी, २९ पुस-महोत्तरीको उत्तरी क्षेत्र बर्दिबास नगरपालिका-१० र ११ का सर्वसाधारणले आफन्तसँग टेलिफाेनमा कुराकानी गर्न बजार धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।

महोत्तरीकै अग्लो ठाउँ चनौटेमा नेपाल टेलिकमको नेटवर्कको टावर सञ्चालनमा आएपछि संचारका लागि झन्झट भाेगिरहेका यहाँका स्थानीयलाई राहत भएकाे हाे ।

यसअघि खयरमारा, लक्ष्मी भाङग्रे, झ्याउरे, पिपलदमा, गोर्दी खोला, बाँके, लामीदमार, कालीखोला, छोडके,चनौटे लगायतका ठाउँका टेलिफाेनका लागि पनि बजार जान्थे । ‘हामी निकै खुसी छाैँ,’ स्थानीय इशारा लामाले भनिन् ।

`आफन्तसँग फोन सम्पर्कका लागि खयरमारा बजार र बर्दिबास आउनुपर्ने बाध्यताको अन्त्य भएकाे छ । नयाँ युगको सुरुवात भएको महसुस गरेका छौँ,’´ स्थानीय अर्जुन थापाले भने ।

टावर बनेकाे लामाे समयसम्म सञ्चालनमा नआएपछि पूर्वमन्त्री गिरिराजमणि पोखरेलले अनुगमन गरेका थिए । त्यसपछि उनले नेटवर्क सञ्चालनका लागि टेलिकमसँग पहल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर