पीएम कप : आर्मी र प्रदेश एकले अंक बाँडे • OSNepal

पीएम कप : आर्मी र प्रदेश एकले अंक बाँडे

Osnepal January 13, 2022 0

काठमाडौं, २९ पुस – अघिल्लो रात परेको वर्षाका कारण मैदान ओसिलो भएर खेल नै सुरु हुन नसकेपछि त्रिभुवन आर्मी क्लब र प्रदेश एकले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी-२० प्रतियोगितामा अंक बाँडेका छन् ।

बिहीबार मुलपानीमा तय पहिलो खेल सुरु नभएपछि समूह ‘ए’ को खेलमा दुवै टोलीले अंक बाँडेका हुन् । समूह ‘ए’ मा आर्मी तीन खेलबाट तीन अंकसहित दोस्रो स्थानमा छ ।

प्रदेश एकको दुई खेलबाट एक अंक रहेको छ । दुई खेलबाट दुई जितसहित चार अंक बनाएको पुलिस शीर्ष स्थानमा छ । यस्तै कर्णाली दुई अंकसहित तेस्रो स्थानमा छ भने एक खेलबाट कुनै अंक जोड्न नसकेको सुदूरपश्चिम प्रदेश पुछारमा छ ।

समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर