नेपालबाट भारततर्फ टाउकोमा यस्तो सामान बोकी लैजाँदै गर्दा समातिए तिन भारतीय — OSNepal

नेपालबाट भारततर्फ टाउकोमा यस्तो सामान बोकी लैजाँदै गर्दा समातिए तिन भारतीय

LC (KTM) January 16, 2022 0

सुनसरी २ माघ । अवैध लागूऔषध गाँजा सहित प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत कटहरिया देवीपुर-१० बस्ने २६ वर्षीय मिठु राय लगायत ३ जना भारतीय रहेका छन् ।

निजहरुलाई बर्जु गाउँपालिका(५ तिनमुहानबाट १ सय केजी अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो । निजहरुलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ टाउकोमा उक्त लागूऔषध बोकी लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर