च्यासलका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि — OSNepal

च्यासलका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि

LC (KTM) January 16, 2022 0

काठमाडौं २ माघ । च्यासलका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना संक्रमण पुष्टि भएसँगै सहिद स्मारक “ए” डिभिजन लिग अन्तर्गत आइतबारको दोस्रो खेल स्थगित भएको छ ।

पुलिस र च्यासलबीचको यो खेल खेलाडीमा संक्रमण पुष्टि भएसँगै स्थगित भएको निर्देशक सञ्जिव मिश्रले बताएका छन् ।

पुलिस आठ खेलबाट सात अंकसहित ११ औं स्थानमा रहेको छ भने च्यासल आठ खेलबाट पाँच अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर