झारफुकमै विश्वास गर्दा ज्यानै गुम्ने डर — OSNepal

झारफुकमै विश्वास गर्दा ज्यानै गुम्ने डर

LC (KTM) January 17, 2022 0

रोग निको हुने अन्धविश्वासका कारण धामी झाँक्रीकहाँ धाउने प्रचलन कायमै छ ।समाजका शिक्षित व्यक्तिसमेत झारफुक गरी रोग बिसेक हुने विश्वासमा धामी झाँक्रीकहाँ पुग्ने गरेका छन् । झारफुकमै विश्वास गर्दा कतिपयले ज्यानसमेत गुमाउनुपरेको छ ।

टोलमा टाँगिएका ‘झारफुकबाट सबै रोगको उपचार गरिन्छ’ वा ‘टुनामुनाबाट मोहनी लगाउने र फुकाउने काम गरिन्छ’ भन्ने जस्ता प्रचार सामग्रीका पछाडि कुद्नेहरू पनि उत्तिकै हुने गरेका छन् ।

प्रहरी प्रवक्ता ९डीआईजी० मुकुन्दराज आचार्यले धामी झाँक्री वा मातासँग उपचार गराउने नाममा गएको साउन यता पाँच जनाले ज्यान गुमाइसकेको बताए ।

प्रहरीका अनुसार बोक्सीको आरोप लगाउने तथा झारफुकको बहानामा कुटपिट गर्ने ३५ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । केही दिनअघि काठमाडौैँमा पनि यस्तै घटना भएको छ ।

टाउको दुख्ने समस्या भएपछि झारफुक गराउन झाँक्री ९माता०सँग गएकी १४ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु भयो । नागार्जुन नगरपालिका–१, रानीवनमा आफूलाई माता बताउने उमा शाही ठकुरी कहाँ उपचारका लागि लगिएकी १४ वर्षीया बालिका रोशनी श्रेष्ठको मृत्यु भएको थियो ।

टाउको दुःखेको उपचार हुने सुनेर मृतककी आमा राधिका श्रेष्ठले पुस ३ गते छोरी रोशनीलाई झारफुकका लागि भन्दै माता ठकुरीकै घरमै छोडेर आइन् । पुस २४ गते एक्कासि माताले छोरी बेहोस भएको खबर गरेपछि रोशनीलाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा लगे पनि अस्पताल पु(याउनुभन्दा पहिला नै बालिकाको मृत्यु भइसकेको चिकित्सकले जानकारी दिएका थिए ।

महानगरीय प्रहरी परिसर स्वयम्भूका प्रहरी नायब उपरीक्षक मिलन केसीले आरोपी मातालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताए । “पोस्टमार्ट रिपोर्टपछि मात्रै मृत्युको कारण भन्न सकिन्छ,” उनले भने । मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले धामीझाँक्रीबाट उपचार गराउँदा भयावह परिणाम आउने गरेको बताउँदै सार्वजनिक नभएका डरलाग्दा घटना थुप्रै हुनसक्ने बताए ।

उपचारका नाममा मानव बलि दिएका घटना पनि नेपालमा भएका छन् । प्रहरी प्रवक्ता आचार्यले पाँच वर्षमा २१० वटा बोक्सी आरोपका उजुरी दर्ता भएको बताए । “बोक्सा–बोक्सीबाट सुरु भएर उपचारसम्म पुग्छ, त्यसपछि मृत्युका घटना भइरहेका छन्,” उनले भने । गोरखापत्र दैनिक खबर छ ।

“कुटेर, पिटेर, फुकेर उपचार हुने भए त सबैले घरमै गरिहाल्थे नि,” नेपाल झाँक्री सङ्घका अध्यक्ष चेतबहादुर थिङले भने, “आफूसँग भएको शक्तिको प्रयोग गरेर नछोई उपचार गर्न सक्नुपर्छ भन्ने सङ्घको मान्यता छ । उपचारको नाममा कुटेर पिटेर मानिसको ज्यान लिनेलाई हदैसम्मको कारबाही गरिनुपर्छ । ”

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता उमाकान्त अधिकारीले कतिपय दर्ता भएर र कतिपय दर्ताबिना यस्ता काम भइरहेको बताउँदै यस्ता संस्था र तिनले गर्ने गतिविधिको अनुगमन गर्न समस्या भइरहेको स्वीकार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर