पर्सामा कोरोनाविरुद्ध बुस्टर डोज आज लगाउने — OSNepal

पर्सामा कोरोनाविरुद्ध बुस्टर डोज आज लगाउने

LC (KTM) January 17, 2022 0

वीरगञ्ज, ३ माघ-कोरोनाविरुद्ध बुस्टर डोज पर्सा जिल्लामा आज लगाउने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा बुस्टर डोजको लागि कोभिशिल्ड ३७ हजार र भेरोसिल २३ हजार माग गरिएको हो ।

जिल्लामा आजदेखि सुरु हुने बुस्टर डोज, पहिलो चरणमा अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, सरसफाइकर्मी, बारुणयन्त्र, एम्बुलेन्स चालकलगायतकालाई दिनेछ । यसैबीच जिल्लामा यसअगावै सञ्चालित विशेष खोप अभियानमा जिल्लाका १४ वटा पालिकामा एक लाखभन्दा बढीलाई खोपको पहिलो र दोस्रो मात्रा खोप लगाइएको कार्यालयले जनाएको छ ।

स्थायी राजधानी वीरगञ्ज बनाउन माग-
प्रदेश नं २ को स्थायी राजधानी वीरगञ्ज बनाउन माग गर्दै मुख्यमन्त्री लालबाबु राउतको निजी निवास अगाडि स्थानीय युवाले आइतबार साङ्केतिकरुपमा प्रदर्शन गरेका छन् । हरेक दृष्टिकोणले प्रदेश राजधानीका लागि वीरगञ्ज उपयुक्त रहेको उनीहरुको भनाइ छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर