काठमाडौं। अक्षय कुमारको सुटिङ भइरहेका बेला सुटिङ सेटमा आगलागी भएपछि भागदौड मच्चिएको छ । अक्षय कुमारको आगामी फिल्म बच्चन पांडेको सुटिङ भइरहेका बेला आगलागी भएको भारतीय मिडियाहरुले उललेख गरेका छन् ।
भारतीय मिडियाका अनुसार फिल्मको प्याचवर्कको सुटिङ भइरहेका बेला यो घटना भएको हो । अक्षय कुमार र कृति सेननले काम गरिरहेका बेला एक्कासी लागेको आगोले भागदौड मच्चाएको थियो ।
यद्यपी मानवीय क्षती भने नभएको बताइएको छ । फिल्ममा अक्षय कुमार र कृति सेनन मुख्य भूमिकामा छन् । जहाँ कृतिले एक पत्रकारको भूमिका निभाएको बताइन्छ । फिल्ममा अक्षय एक गुण्डा नाइकेको भूमिकामा छन् ।
फिल्म मार्च २०२२ मा रिलिज हुने भारतीय मिडियाको दाबी रहेको छ । रिपोर्टका अनुसार यो फिल्म दक्षिण भारतीय फिल्म जिगरथण्डाको रिमेक हो ।