काठमाडौं ३ माघ । नेपालमा पछिल्लो समय निकै चर्चा बटुलेको रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि चर्चित गायक प्रमोद खरेल टिमका झापाका जेनिश उप्रतीले हात पारेका छन् ।
शनिबार भएको ग्रान्ड फिनालीमा टप आठ मध्ये सबैलाई उछिन्दै जेनिशले ‘द भ्वाइस किड्स’को पहिलो सिजनको उपाधि हात पार्न सफल भएका हुन् । विजेता बनेसँगे उनले नगद १५ लाख रुपैंया पाएका छन् ।
विजेता जेनिशले आफ्नी आमा गुमाए पनि आफ्नी आमाको सपना पुरा गरेको भन्दै स्टेजमै सबैलाई भावुक बनाएका थिए । जेनिशकी आमाले कोभिड १९ कोरोना भाइरसको दोस्रो लहरमा ज्यान गुमाएकी हुन् ।
साथै बाबु विदेश रहेका छन् । उनी आफ्ना अकंल रमेश उप्रेतीसँग बस्दै आएका छन् । कोरोनाको दोस्रो लहरमा एपेन्डिसाइड भएको भन्दै अस्पताल लगिएको उनकी आमाको मेजर अप्रेशन भएको थियो ।
अप्रेशनको केहि दिन पछि घर आएकी उनकी आमालाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएकी उनी सातौं दिन पछि घर गएकी थिइन् । जसपश्चात उनकी आमाको ज्यान गएको थियो ।
हेर्नुहोस् ओएस नेपाल इन्टरनेशनल डिसकोर्समा विजेता जेनिश र उनको अंकलसँग पत्रकार एचवि ताम्राकारले गर्नु भएको अन्र्तवार्ता