सुदूरपश्चिममा आज थप ३४५ जनामा कोरोना सङ्क्रमण पुष्टि — OSNepal

सुदूरपश्चिममा आज थप ३४५ जनामा कोरोना सङ्क्रमण पुष्टि

LC (KTM) January 17, 2022 0

बैतडी, ३ माघ-सुदूरपश्चिम प्रदेशमा आज थप ३४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पिसिआर र एन्टिजेन विधिबाट एक हजार २७५ जनाको नमूना परीक्षण गर्दा ३४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पिसिआरमार्फत १०३ र एन्टिजेनमार्फत २४२ जनामा पुष्टि भएको हो । पिसिआरमार्फत सेती प्रादेशिक अस्पतालमा ८९, जिल्ला अस्पतालमा १०, जिल्ला अस्पताल डोटीमा चार र एन्टिजेनमार्फत कञ्चनपुरका १२३, कैलालीका ९५, डोटीका सात, डडेल्धुरा र बाजुरा छ÷छ र बैतडीका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, गएको २४ घण्टामा प्रदेशभर १२ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एकजनाको पनि मृत्यु भएको छैन । बाजुराको खप्तड छेडेदह–२ का ५१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको हो । यसअघि आइतबार यस प्रदेशमा १८४ जनामा सङ्क्रमण पुष्टि हुँदा आठजना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म छ सय १६ जनाको ज्यान गइसकेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर