सप्तरीमा कोरोनाबाट एक महिलाको मृत्यु, संक्रमितको संख्या १०५ पुग्यो — OSNepal

सप्तरीमा कोरोनाबाट एक महिलाको मृत्यु, संक्रमितको संख्या १०५ पुग्यो

LC (KTM) January 18, 2022 0

सप्तरी, ४ पुस-सप्तरीमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ। सप्तरीको रूपनी गाउँपालिका-१ की ७५ वर्षीया महिलाको काेराेनाबाट मृत्यु भएको हो।

१ माघमा ज्वरो आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियोे । पीसीआर परीक्षणका लागि २ गते स्वाव लिइएको थियो । ३ माघमा रिपोर्ट पोजेटिभ आएकै दिन उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए।उनले भने, ´महिलाले भ्याक्सिन लिएको भए पनि लामो समयदेखि सुगर रोगबाट पीडित भएर इन्सुलिन लिँदै आएकी थिइन्।’

२ माघमा पीसीआरका लागि ७५ जनाको स्वाव संकलन गरेकोमा ६५ जनाको रिपोर्ट पोजेटिभ आएको प्रमुख यादवको भनाइ छ। यो सँगैसप्तरीमा कोरोना पोजेटिभको संख्या एक सय पाँच पुगेको छ।संक्रमितमध्ये अधिकांश सुरक्षा निकाय र न्यायालयका रहेको यादवले बताए । उनीहरू होम आइसोलेसनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर