खाली पेटमा कालो अंगुर, खानुका यस्ता छन् अचुक फाइदै फाइदा — OSNepal

खाली पेटमा कालो अंगुर, खानुका यस्ता छन् अचुक फाइदै फाइदा

LC (KTM) January 20, 2022 0

काठमाडौं । अंगुर गजबको फलफूल हो। यो मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन। अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन्। अनेकौं रोगबाट अंगुरले जोगाउँछ । यहाँ हामी त्यस्ता रोगको चर्चा गर्दैछौं जसलाई अंगुरले हटाउँछ।

माइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खानुभएमा माइग्रेनको पीडा हराउँछ। शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुस् । फाइदा हुन्छ । हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ ।

अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर